GuestBook

नमुना गाउँ उन्मुख भकुण्डे

by Ganesh Paudel Ganesh on Tuesday, November 16, 2010 at 4:00pm
गणेश पौडेल/धौलागिरि जागरण दैनिक बागलुङ
बागलुङ बजारदेखि नजिकै रहेको पर्यटकीय गाउँ भकुण्डे नमुना गाउँ उन्मुख रहेको त्यहा पुगेका बागलुङका प्राध्यापकहरुले बताएका छन् । धवलागिरि बहुमुखी क्याम्पस बागलुङबाट भकुण्डेको सरसफाई पर्यटकीय तथा व्यवसायीक सम्भावनाका विषयमा अध्ययन पछि बागलुङ फर्किएपछि प्राध्यापकहरुले उक्त कुरा बताएका हुन् ।धवलागिरि बहुमुखी क्याम्पस बागलुङका क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायको नेतृत्वमा गएको अवलोकन टोलीले त्यस क्षेत्रको सरसफाईमा आएको परिवर्तनले नमुना गाउँ उन्मुख भएको बताएका हुन् । क्याम्पस प्रमुख उपाध्यायले बागलुङ बजारदेखि नजिकैको गाउँ भएका कारण आफूहरु त्यसका सम्भावनाको बारेमा अध्ययनका लागि त्यहा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो- 'भकुण्डे अति रमणीय र व्यवसायीक रुपले आकर्षणको केन्द्र बन्न सक्छ ।' 'त्यस ठाउँमा विशेष गरी तल्लो भेगमा सुन्तला अलैची टमाटार र उपल्लो भेगमा आलु मुला लगाएका नगदेबालीहरु व्यवसायीक रुपमा लगाउन सकेमा आर्थिक विकास छिटो हुने बताउनुभयो ।'उपाध्यायले भकुण्डेको दहमा रहेको ताल वरपर खाना र बस्नका लागि उपयुक्त होटल तथा रेष्टुरेण्टको व्यवस्थापन गर्न सकेमा एक दिनको बसाईका लागि आकर्षणको केन्द्रबिन्दु बन्न सक्ने बताउनुभयो । उहाँले अवलोकन भ्रमणका समयमा विगतमा भन्दा स्थानीयवासीको चेतनास्तर बृद्धि भएको आफूले पाएको बताउनुभयो ।उहाँले भन्नुभयो- 'भकुण्डे सरसफाईको क्षेत्रमा छिट्टै फड्को मारेको छ ।' 'अगाड पछाडी फोहोर देखिने बाटाहरुमा अहिले एउटा पनि पलाष्टिक देख्न पाइएन यसरी गाउँलाई पलाष्टिक रहित गाउँ बनाउन सकेमा यसको सुन्दरता अझ बढ्न सक्छ ।' प्राध्यापकहरुले भकुण्डेलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि स्थानीयवासीले सचेत भएर अगाडि बढ्नुपर्ने सुझाव समेत दिएका छन् । उनीहरुल दर्जनौ हिमश्रृखला देखिने सो ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकको सम्भावना उत्तिकै छ त्यसैले 'होम स्टे'को अवधारणा अगाडि ल्याउन सकेमा गाउँको विकास छिटो हुन सक्छ ।उनीहरुले यातायातको सुविधा समेत पुगिसकेको भकुण्डेमा जो कोही पनि सहजै जान र आउन सक्ने भएकाले खाना र बस्नका लागि पहिलो प्राथमिकताका साथ राख्न स्थानीयवासीलाई आग्रह गरेका थिए । बागलुङ बजारदेखि दह मुलावारी सौर्य चापाखर्क गाजाको दहसम्मको रुटलाई पर्यटकीय रुटको रुपमा विकास गर्न सकेमा भकुण्डेको विकासले गति लिने समेत उनीहरुले बताएका छन् ।भ्रमण टोलीमा क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय प्राध्यापकहरु सुदर्शन सिलवाल कुलप्रसाद अधिकारी प्रदीप सापकोटा चुक्रपाणी पौडेल लगायतको टोली सहभागी रहेको थियो । टोली बागलुङ बजारदेखि दह मुलावारी सौर्य चापाखर्क गाजाको दह हुँदै बागलुङ फर्केको टोलीका संयोजक रामप्रसाद उपाध्यायले बताउनुभयो ।

댓글 없음: